• शुक्रबार ४-१५-२०८३/Friday 07-31-2026
कृषि

संखुवासभा सुन्तला जोन सञ्चालन समितीको अध्यक्षमा राई

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभा सुन्तला जोन सञ्चालक समितीको संयोजकमा हेमन्त राई सर्वसम्मत चयन हुनु भएको छ । आज (बिहिबार) बसेको जोन समन्वय समितीको बैठकले ९ सदस्यीय समिती पुर्नगठन गरेको छ । 
राईको संयोजकत्वमा ९ सदस्यीय सुन्तला जोन सञ्चालक समिती पुर्नगठन भएको प्रधानमन्त्रीकृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभाका  प्रमुख नवराज गुरुङले जानकारी दिए । समितीको सदस्यमा सजित राई,बर्र्षा घिमिरे,कमला शर्मा दाहाल,टिकादत्त दाहाल,रेवतीराज दाहाल,खड्ग बहादुर थापा, पुजन डाँगी र उदय बहादुर डाँगी रहनु भएको छ । विधान र निर्देशिका अनुसारनै सूचिकृत भएका कृषकहरु मध्ये बाट सुन्ताल जोन सञ्चालक समिती गठन गरिएको प्रमुख गुरुङले बताए । सुन्तला जोन सञ्चालक समितीको कार्यकाल २ बर्ष रहने प्रवधान छ । आर्थिक बर्ष २०८० ÷०८१ मा संखुवासभाका तीन स्थानीय तहका १० वडामा सुन्तला जोन कार्यक्रम लागु हुने परियोजना कार्यान्वयन इकाई संखुवासभाले जनाएको छ । जोन सञ्चालक समिती गठन जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यको उपस्थितीमा भएको थियो । जोन सञ्चालक समितीलाई सुन्तला क्षेत्रलाई  विस्तार गर्दै गुणस्तरीय उन्नत जातको सुन्तला उत्पादनमा लाग्नु पर्ने परियोजना कार्यान्वयन इकाई संखुवासभाका  प्रमुख गुरुङले बताए । कृषकहरुको सुन्तला उत्पादन बृद्धिका लागि  नमुना सुन्तला बगैचा तथा सिकाइ केन्द्र स्थापना गर्ने  उनको भनाइ छ । यो बर्ष गुणस्तरीय सुन्तला  उत्पादन बढाउने लक्षले ६ सय ८७ हेक्टरमा सिंचाई पूर्वाधार निर्माण गरिने कार्यालयले जनाएको छ । त्यस्तै गरी सुन्तला प्याकेजिङ र बजारीकरणमा समेत कार्यक्रम समावेश गरिएको प्रमुख गुरुङको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाईले अलैचीं, सुन्तला,धान,मकै, गँहु, आलु तरकारी, माछा लगायतका कृषि क्षेत्रमा विगत ८ बर्ष देखि काम गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार