सङ्खुवासभा सहित ४ जिल्लाका ७६ विद्यालयमा युडब्लुएस नेपालकाे लगानी
युडब्लुएस नेपाल सङ्खुवासभा सहित ४ जिल्लाका ७६ विद्यालयमा लगानी गरेकाे जनाएकाे छ । उसले ७६ विद्यालयमा ५ सय ९ वटा कक्षा काेठा निर्माण गरिसकेकाे छ । जसका कारण १३ हजार ९ सय २८ विद्यार्थीलाई प्रत्यक्ष फाईदा पुगेकाे दाबी शिक्षा सम्याेजक अाशिष अधिकारीले गरे ।
खाँदबारीमा शनिबार अायाेजित स्थानीयका सराेकारवालाहरकाे छलफलमा सङ्खुवासभाका १० मध्ये ९ पालिकाका ४९ विद्यालयमा सुधारका कार्यक्रम लागू गरेकाे जानकारी दिएकाे छ । यस बाहेक गुल्मीमा १८ र ताप्लेजुङका ५ विद्यालयमा कार्यक्रम सञ्चालन गरेकाे छ ।
अागामी बर्ष भाेजपुर, हुम्ला, धनकुटा र तनहुका पनि याे कार्यक्रम अघि बढाईने शिक्षा सम्याेजक अाशिष अधिकारीले जानकारी दिए ।
उनका अनुसार एउटा विद्यालयको भवन निर्माणमा ३५ देखि ४५ लाखसम्मको लागत लागेको छ । २०७२ सालमा स्थापना भएको संस्थाले गुल्मी, ताप्लेजुङ र संखुवासभामा गरी ७२ वटा विद्यालय भवनहरु निर्माण गरिसकेको अधिकारीले बताए । गुणस्तरीय शिक्षा प्रवर्धनमा युडब्लुएस र स्थानीय तहको भूमिकाबारे समिक्षात्मक कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।
ग्रामीण क्षेत्रका सिमान्तकृत र पछाडी परेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन संस्थाले काम गर्दैआएको छ । विद्यालयमा विद्यार्थीले बिचैमा कक्षा छाड्ने दरलाई कम गर्न परियोजनाले काम गरेको उनकाे भनाइ छ ।
बिद्यार्थीले बिचैमा कक्षा छाड्नुको कारण पहिचान गरी रोक्नका लागि विद्यालय अवधारण टोली गठन गरी काम गर्दैआएको र ९८ प्रतिशत सफल भएको परियोजनाका प्रतिनिधिले जनाएका छन् । परियोजनाले पाँच वर्षसम्म विद्यालय सञ्चालन गर्ने र त्यसपश्चात स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ ।
आधारभूत तहमा शिक्षाको जग राम्रो बसाउन आफूहरुले हरदम प्रयास गरेको सिनियर एजुकेसन म्यानेजर नतासा काफ्लेले बताउनुभयो । १८ वटा बिद्यालयका एक हजार ३४१ बिद्यार्थीलाई निरन्तर शिक्षामा जोड्न आफूहरु सफल भएको काफलेको भनाइ छ ।
छ वटा स्थानीय तहमा यो परियोजनाले काम गरेको र अन्य स्थानीय तहमा पनि मागको आधारमा कार्यक्रमहरु गर्दैजाने परियोजनाका प्रतिनिधिले जनाएका छन् ।




प्रतिकृया दिनुहोस