• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026
राजनीति

एमालेद्वारा संखुवासभामा प्रदर्शन र प्रजिअलाई ज्ञापन

संखुवासभा — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली को पक्राउविरुद्ध नेकपा (एमाले) संखुवासभाका कार्यकर्ताहरूले आइतबार सदरमुकाम खाँदबारीमा विरोध प्रदर्शन गरेका छन्।

जिल्ला प्रशासन कार्यालयतर्फ मार्च गर्दै उनीहरूले बजार क्षेत्रमै नाराबाजीसहित प्रदर्शन गरेका थिए। सो क्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालाई ज्ञापनपत्र समेत बुझाइएको छ।

एमाले जिल्ला कमिटी संखुवासभाले बुझाएको ज्ञापनपत्रमा अध्यक्ष ओलीलाई “राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको” आरोप लगाउँदै तत्काल रिहाइको माग गरिएको छ।

एमाले संखुवासभाका अध्यक्ष खड्गबहादुर राईले सरकारको कदमप्रति कडा आपत्ति जनाउँदै पक्राउलाई कानुनविपरीत भन्दै तुरुन्त खारेज गर्नुपर्ने बताएका छन्। उनले अध्यक्ष ओलीलाई अविलम्ब रिहा गर्नुपर्ने माग समेत दोहोर्‍याए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार