• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026
कोशी प्रदेश

रास्वपा नगर अध्यक्षमा घिमिरे

खाँदबारी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खाँदबारी नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको छ ।

 

अधिवेशनबाट गणेश कुमार घिमिरे नगर सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी उपसभापतिमा प्रतिक्षा श्रेष्ठ , सचिवमा प्रभात किरण बुढाथोकी, सहसचिवमा कृष्ण बराल तथा कोषाध्यक्षमा तुलसा शर्मा पोखरेल निर्विरोध चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा इन्द्रा कुमारी तामाङ, कल्पना दर्जी, ईश्वर बराल, सूर्यबहादुर ओझा, रणबहादुर विष्ट, मनबहादुर गुरुङ र रमानाथ खनाल निर्विरोध चयन हुनुभएको छ ।

 

नगर अधिवेशनमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले नयाँ नेतृत्वको चयनसँगै खाँदबारी नगरमा रास्वपाको संगठनात्मक गतिविधि थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार