• शुक्रबार ४-१५-२०८३/Friday 07-31-2026
कोशी प्रदेश

पीडितलाई उपचार र कानुनी सहायताका लागि इन्सेकको आर्थिक सहयोग


 संखुवासभा - जवरजस्ती करणी  घटनामा पीडित भएकी १० वर्षीया बालिकालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले  इन्सेक सङ्खुवासभा प्रतिनिधि भविन कार्कीमार्फत पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि ५ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।
घटनापछि पीडित बालिकालाई सुरक्षित आवासगृह तथा पुनः स्थापना केन्द्रमा राखिएको र आवास गृहकी व्यवस्थापक पीडित बालिकाको उपचार तथा कानुनी प्रक्रियाका लागि  आर्थिक सहयोग गरिएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताए ।

 

पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएको र कानुनी प्रक्रियाका लागि इन्सेकलाई निवेदन दिएपछि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको सुरक्षित आवासगृह तथा पुनः स्थापना केन्दकी व्यवस्थापक तुलसी घिमिरेले बताइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीको उपस्थितीमा इन्सेकले पीडित बालिकाको उपचार तथा कानुनी प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।पीडित बालिकालाई जिल्ला अस्पताल सङ्खुवासभामा उपचार पश्चात अहिले सुरक्षित आवासगृह तथा पुनस्र्थापना केन्द्रमा राखिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि पीडित पक्षले सहयोगका लागि इन्सेकलाई आग्रह गरेको थियो ।


पीडित बालिकालाई जवरजस्ती करणी  गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–३ का ३० वर्षीय अरुण राईलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।  इन्सेकको सहयोगपछि पीडित पक्षलाई कानुनी प्रक्रियामा सहयोग पुगेको छ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार