• शुक्रबार ४-१५-२०८३/Friday 07-31-2026
खेलकुद

खाँदबारीमा ब्याडमिन्टन प्रतियोगिता सुरु

संखुवासभा - संखुवासभा उद्योग वाणिज्य संघको १८औँ साधारणसभाको अवसर पारेर शनिबारदेखि ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। व्यवसायीबीच आपसी सद्भाव, खेल भावना र स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा वाणिज्य संघमा आवद्ध १२ वटा टिम सहभागी भएका छन्।

प्रतियोगिताअन्तर्गत ४५ वर्षमाथिको भेट्रान्सतर्फ ६ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन्। खेलप्रति व्यवसायीहरूको उत्साह उल्लेखनीय देखिएको छ।

आयोजक संघका अनुसार भेट्रान्सतर्फ प्रथम हुने टिमलाई नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने व्यापारिक टिमतर्फ प्रथम हुनेलाई पनि २० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ। यस्तै, दुवै विधातर्फ दोस्रो हुने टिमलाई १० हजार रुपैयाँ र तेस्रो हुने टिमलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिने उपाध्यक्ष जनक पौडेलीले बताए ।

प्रतियोगिताको फाइनल खेल मंगलबार संखुवासभास्थित सोमनाथ घिमिरे स्मृति कवर्ड हलमा सम्पन्न हुने आयोजक संखुवासभा उद्योग वाणिज्य संघले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार